punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालको एकदिवसीय वरीयता खस्कियो

Chaupati
safha napa

आईसीसी एकदिवसीय वरीयतामा नेपालको स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार अपडेट गरेको नयाँ वरीयतामा नेपाल १८औं स्थानमा झरेको छ । यसअघि १६औं स्थानमा रहेको नेपाल दुई स्थान तल झरेको हो ।

पछिल्लो समय एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको प्रदर्शन राम्रो हुन नसक्दा त्यसको असर वरीयतामा परेको हो ।

नेपालले युएईमा आईसीसी क्रिकेट विश्वकप लिग टूमा चार मध्ये दुई खेलमा जित र दुईमा हारको नतिजा निकालेको थियो । यस्तै घरेलु मैदानमा पपुवा न्यूगिनी विरुद्धको भएको दुई खेलको एकदिवसीय श्रृंखला नेपालले गुमाएको थियो ।

एकदिवसीय वरीयतामान न्यूजिल्याण्ड शीर्ष स्थानमा रहँदा इंग्ल्याण्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा छ ।


१५ चैत २०७८, मंगलवार १९:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु