punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा टुहुरा बालबालिकालाई आर्थिक सहयोग

Chaupati
safha napa

दार्चुलाको नौगाड गाउँपालिकाले आफ्नो क्षेत्रभित्र टुहुरा बालबालिकाको आधारभूत शिक्षा सुनिश्चितता तथा पालनपोषणका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ। आमाबुबा गुमाएका ५४ बालबालिकालाई १० हजारका दरले सहयोग उपलब्ध गराइएको हो। टुहुरा एवम् अशक्त बालबालिकाका लागि आधारभूत शिक्षा सुनिश्चितता तथा पालनपोषणसम्बन्धी कार्यविधि २०७८ निर्माण गरी सहयोग रकम उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिए।

टुहुरा बालबालिकाको गाँस, बास र कपासका साथै आधारभूत शिक्षाबाट वञ्चित हुन नदिन कार्यविधि बनाएर यो कार्यक्रम लागू गरिएको उल्लेख गर्दै उनले भने, “कानुनी जटिलताका कारण यो कार्यक्रम अघि बढाउन तीन वर्ष ढिलो भयो।कार्यविधि निर्माण भइसकेकाले अब यो कार्यक्रम निरन्तर चालु रहनेछ।” चालु आर्थिक वर्षमा कार्यक्रम शुभारम्भ गरिएको र आगामी आर्थिक वर्षदेखि शैक्षिक सत्रको सुरुमै मासिकरुपमा अभिभावकका बैंक खातामार्फत रकम भुक्तानी गर्ने तयारी गरिएको छ।


१५ चैत २०७८, मंगलवार १६:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु