सेतीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा २३ नमूनाको कोरोना परिक्षण गरिएकोमा थप एक जनामा संक्रमण पुष्टि भएको हो ।
हाल सेतीमा एक कोरोना संक्रमित उपचाररत रहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन ।
१५ चैत २०७८, मंगलवार १२:३७ बजे प्रकाशित































