मंगलबार तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मुल्य
नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। मंगलबार सुन तोलामा एक हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार २०० रुपैयाँमा झरेको छ । तेजाबी सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो कारोबार दिन सोमबार सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला एक लाख ५०० रुपैयाँ खरिदबिक्री भएको थियो।
१५ चैत २०७८, मंगलवार १३:३५ बजे प्रकाशित






























