punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बुधवार पनि सयौँ नेपालीहरुको गौरीफन्टा नाकाबाट उद्धार

Chaupati
safha napa

धनगढी जेठ,७ । भारतका विभिन्न क्षेत्रबाट सयौँ नेपाली मजदुरलाई कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरिएको छ । पलियामा अलपत्र परेका उनीहरु बुधवार गौरीफन्टा नाकाबाट उद्धार गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार प्रदेश र स्थानीय सरकारले बसको व्यवस्था गरे उनीहरुलाई सम्बन्धित स्थानीय तहमै पठाउने तयारी भईरहेको जनाएको छ।

साझँ ६ बजेसम्म झण्डै पाँच सय भन्दा बढी नेपालीहरुको उद्धार गरिएको जनाएको छ । भारतका बिभिन्न स्थानबाट आज बिहान पलिया पुगेका १३ बसमध्ये अहिलेसम्म ५ वटा बस गौरीफन्टा आईपुगेका हुन् ।

कोरोना परीक्षण नगरेर भारतबाट आएका सयौ नेपालीलाई नेपाल प्रवेश गराईरहेको पाईएको छ  । अहिले पनि आउने क्रम जारी रहेको जनाएको छ ।


७ जेठ २०७७, बुधवार १३:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु