punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा राहत चामलमा किरा भेटिएपछि आपूर्तिकर्तालाई कालो सूचिमा राख्न सिफारिस

Chaupati
safha napa

धनगढी, ७ जेठ ।
राहत चामलमा किरा भेटिएपछि धनगढी उप–महानगरपालिकामा आपूर्तीको ठेक्का पाएको फर्मलाई कार्वाहीका लागि सिफारिस गरिएको छ ।
धनगढी उप–महानगरपालिकाले बुधवार पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी दिएको हो । त्यसैगरी खरिद प्रकृयामा दायित्व भएका कार्यालयका कर्मचारीहरुलाई पनि गलत भए नभएको बिषयमा स्पष्टीकरण सोध्ने निर्णय भएको धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए ।

उप–महानगरपालिकाबाट दोश्रो चरणको राहत आपूर्ती गर्ने ठेक्का धनगढीमा रहेको ठाकुर ट्रेड लिंकले लिएको थियो प्रवत्ता मुडभरीले भने, उस्ले वडा नं ४ ,२ , ५ र १ का लागि उपलब्ध गराएको चामल मध्य २० हजार १० केजी चामल गुणस्तरहिन रहेको प्रतिवेदन ल्याएपछि छानविन समितिकै सिफारिसमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ को देहाय (ग) बमोजिम कालोसूचीमा राख्नपर्ने आधार र कारण प्रस्ताव गरी आपूर्तिकर्तालाई सुनुवाइको मौका प्रदान गरी कानून बमोजिम कारवाहीको प्रक्रिया अघि बढाउने निर्णय कार्यपालिकाले गरेको छ ।

त्यसैगरी खरिद प्रक्रियामा कार्य गर्ने दायित्व भएका ब्यक्तिले पनि केहि लापर्वाही गरेको पाईयो भन्ने छानविन समितिले प्रतिवेदनमा औल्याएकाले त्यसका आधारमा सो कार्यमा संलग्न कर्मचारीहरुलाई स्पष्टीकरण सोधि कार्वाहीको प्रकृया अगाडी बढाईने प्रवत्ता मुडभरीले बताए । अहिले विश्वव्यापी रूपमा कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएको छ । महानगरपालिकाको वडा नं ४ मा वितरण भैरहेको राहत मध्य केहि ब्यक्तिले बुझेको बैशाख २९ गते बुझेको चामलमा किरा परेको छ भन्ने गुनासो आएपछि आपूर्तीकर्ता फर्म र उप–महानगरपालिका बिवादमा तानिएको थियो ।

त्यसपछि उप–महानगरपालिकाले राहत वितरणको काम रोकेर बैशाख ३१ गते कार्यपालिकाको बैठकबाट ५ सदस्यीय छानविन समिति गठन गरेको थियो । त्यसै छानविन समितिको प्रतिवेदनका आधारमा नगरकार्यपालिकाले आपूर्तीकर्ता फर्म र खरिद प्रकृयामा दायीत्व भएका कर्मचारीहरुलाई कार्वाहीको प्रकृया अगाडी बढाउन थालिएको हो ।


७ जेठ २०७७, बुधवार ११:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु