punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रदेश १ मा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

काठमाडौँ ,जेठ ७। प्रदेश १ मा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बुधबार झापाका ५, सुनसरी र धनकुटाका १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १, मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटाका १ र सुनसरीका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले स्वास्थ्य मन्त्रालयले सवा ४ बजे गरेको पत्रकार सम्मेलनपछि ७ जना संक्रमित थपिएको बताए।

प्रदेश १ का थप ७ संक्रमितसँगै नेपालका कुल कोरोना संक्रमितको संख्या ४३४ पुगेको छ भने ४५ जना उपचारपछि घर फर्केका छन्।बुधवार यस अघि २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको थियो ।


७ जेठ २०७७, बुधवार १४:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु