punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतबाट ल्याउँदै गरेको कटुवा पेस्तोल बरामद

Chaupati
safha napa

भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सप्तरीको राजगढ गाउँपालिका–६ बर्दहीबाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल गण ७ हेडक्वार्टर सप्तरीबाट खटिएको टोलीले विशेष सुराकीका आधारमा आँपको बगैँचा हुँदै भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा एक नाल र एक थान कटुवा पेस्तोल बरामद गरेको हो ।

एक व्यक्तिलाई जाँच गर्ने क्रममा झोला फालेर भेगेपछि प्रहरीले उक्त झोलामा कटुवा पेस्तोल फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक श्याममणि ढकालले बताए । फेला पारेका उक्त पेस्तोल जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ भने फरार व्यक्तिको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।


१४ चैत २०७८, सोमवार २०:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु