punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १५२ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार १५७ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३१९ जना निको भएका छन् भने हाल देशभर १ हजार २५४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १ हजार २०६ जना होम आइसोलेसनमा रहेका छन् भने ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २३ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ४६६ पुगेको छ ।


१४ चैत २०७८, सोमवार १७:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु