punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल पीएनजीसँग दोस्रो खेलमा पनि पराजित

Chaupati
safha napa

दुई खेलको अन्तराष्ट्रिय एकदिवसीय क्रिकेट सिरिजमा नेपाल पपुवा न्यु गिनी (पीएनजी)सँग दोस्रो खेलमा पनि पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल पीएनजीसँग तीन विकेटले पराजित भएको हो।

टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २७८ रन बनाएको थियो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका थिए। १४० बलको सामना गरेका उनले ७ चौकाको मद्दतमा १०५ रन जोडेका थिए। यस्तै देव खनालले ७२, रोहित पौडेलले ३५, भीम सार्कीले २६ र सन्दीप लामिछानेले २४ रन जोडेका थिए।

२७९ रनको लक्ष्य लिएर जवाफी व्याटिङ गरेको पीएनजीले ४८ ओभर ४ बलमा नेपालले दिएको लक्ष्य पूरा गर्‍यो। उसका लागि लेगा सियागाले ९०, रिले हेकुरेले ४८, सेसे बाउले ३८, चार्ल्स अमिनीले ३५ रन जोडे।

बलिङतर्फ नेपालका सोमपाल कामीले तीन, पवन सर्राफले २ तथा सन्दीप लामिछाने र आरिफ शेखले एक–एक विकेट लिए।

 


१२ चैत २०७८, शनिवार १८:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु