महोत्सवमा डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते
कपिलवस्तु महोत्सवमा दर्शक सवार डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । शुक्रवार साँझ भएको दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले गम्भीर घाइतेको उपचारको लागि बुटवल लगिएको बताए।
गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर १ का अर्जुन क्षेत्री , सिर्जना थारु र कपिलवस्तु नगरपालिका वडा नं.९ का आकृति खनाल रहेका छन् ।
यसै गरी सामान्य घाइते हुनेमा शितगंगा नगरपालिका २ मनीषा क्षेत्री, बाणगंगा नगरपालिका वडा नं.४ का आशिका बिसी, अञ्चल पुन, बम बहादुर क्षेत्री, वडा नं.८ का सीमा खत्री, महिमा चौधरी, सिर्जना सुनार, वडा नं.९ का कृष्ण घर्ती मगर रहेका छन् ।
१२ चैत २०७८, शनिवार ०७:३५ बजे प्रकाशित































