सुदूरपश्चिम महोत्सव आजदेखि सुरु (फोटो फिचर)
कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको सुदूरपश्चिम महोत्सव आजदेखि सुरु भएको छ । कैलालीको धनगढीमा दुई वर्षपछि महोत्सव सुरु भएको हो ।

कैलाली उद्योग वाणिज्य संघका अनुसार चैत १० देखि २० गतेसम्म महोत्सव सञ्चालन हुने छ ।

महोत्सवले सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग र व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धनमा सघाउने आयोजकले जनाएको छ । यस क्षेत्रको समग्र विकासका सम्भावनाहरूलाई महोत्सवले उजागर गर्ने अपेक्षा गरिएको छ ।

२०६३ सालदेखि धनगढीमा आयोजना भइरहेको महोत्सवको यो १५ औँ संस्करण हो । महोत्सवको आयोजनामा एक करोडभन्दा बढी खर्च लाग्ने र करिब ४ लाखले अवलोकन गर्ने आयोजकको अनुमान छ ।











१० चैत २०७८, बिहीवार १५:४३ बजे प्रकाशित































