प्रतितोला ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य
सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँले बढेको छ । बुधबारको तुलनामा आज प्रतितोला ११ सय रुपैयाँले बढेर एक लाख ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बुधबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
१० चैत २०७८, बिहीवार १३:४१ बजे प्रकाशित































