punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा यौन धन्दा सञ्चालन गराउने २ होटल व्यवसायीसहित ५ युवती पक्राउ

Chaupati
safha napa

धनगढीमा यौन धन्दा सञ्चालन  गराउने २ होटल व्यवसायीसहित ५ युवती पक्राउ परेका छन् ।
आज (शनिबार) यौन धन्दा भईरहेको छ भन्ने विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले कैलालीका २ होटेलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

धनगढी उप-महानगरपालिका -७ मा रहेको फुडल्याण्ड होटल र सोही स्थानमा रहेको लक्ष्मी होटलमा छापा मार्दा यौन धन्दामा संलग्न पाँच जना युवतीहरु फेला पारेका थिए । यस्तै उक्त धन्दा संचालन गराउने २ जना होटल व्यवसायीलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घट्ना सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले बताए ।

यस्तै  चैत ३ गते पनि धनगढीमै यौन धन्दा सञ्चालन गराउने चार होटेल व्यवसायी सहित नौ जना युवतीलाई प्रहरीले पक्राउ गरेको थियो ।

बिहीबार धनगढी उपमहानगरपालिका वडानम्बर–१ एलएन चोकमा रहेको शाही होटेल प्यालेस, वडानम्बर –३ चौराहामा रहेका सनराईज होटेल, सोही ठाउँमा रहेको बुढीनन्दा बाजुरा होटेल र क्याम्पस चोकमा रहेको प्रिन्स होटेलका सञ्चालकहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको थियो । यस्तै यौन धन्दामा संलग्न ९ जना युवतीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।


५ चैत २०७८, शनिवार २१:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु