punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा फेरि थपिए ९ जना कोरोना संक्रमित ३०४ पुग्यो संक्रमितको संख्या

Chaupati
safha napa

जेठ ५,काठमाडौं । नेपालमा फेरि थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले आज बिहान ८ः४५ बजे अध्यावधिक गरेको विवरणअनुसार रौतहट र बाराका थप ९ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा नयाँ पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमितहरु रौतहट, इशनाथ नगरपालिका २, ३, ६ र ९ का २१, २१, २३, २५, २५, २९, ३० वर्षीय पुरुषहरू र रौतहट माधवनारायण नगरपालिका–३ निवासी २८ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी बारा, करैयामाई–५ का ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।


५ जेठ २०७७, सोमवार ०३:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु