punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता

Chaupati
safha napa

आर्थर गन उपनामले चर्चित नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात् रियालिटी सो अमेरिकन आइडलको उपविजेता बन्न सफल भएका छन्।

अमेरिकन आइडलको १८औं सिजनमा उनी उपविजेता बन्न सफल भएका हुन्। विजेता भने २१ वर्षकी जस्ट साम बनेकी छन्। आज भएको फाइनल राउन्डमा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन्। यसअघि दिवेशलाई उपाधिको दाबेदारका रुपमा हेरिएको थियो तर टप २ मा पुगेका उनी पर्याप्त भोट नआएपछि उपाधि जित्नबाट भने वञ्चित भएका हुन्।

तर पनि दिवेश अमेरिकन आइडलको फाइनलमा पुग्ने पहिलो नेपाली बनेका छन्। काठमाडौंमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन्। कन्सासको विचिटामा बस्ने दिवेश २ वर्षदेखि संगीतको क्षेत्रमा छन्।

उपाधि विजेता जस्ट सामकाे परिचय

उपाधि विजेता जस्ट सामको वास्तविक नाम समन्था डियाज हो। न्यु्योर्क निवासी उनी लाइबेरियन मूलकी अश्वेत गायिका हुन्।


५ जेठ २०७७, सोमवार ०२:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु