गजल

शीर्षक-छाती चिरियो

सुन पिटियो अनि फलाम पिटियो
धर्म संस्कार सबै सम्मान रित्तियो

तिमी कसरी परिवर्तन आयो भन्छौ
पानी छुँदा पधेरिमा मेरो भाइ कुटियो

तिमिले के का लागि युद्ध लडेका थियौ
बाटो हिँड्दा बहिनी को ईज्जत् लुटियो

पढाइ गर्ने बेला बन्दुक बोक्न लागि हिँडे
आज जिन्दगी घर न घाट को भईदियो

जनयुद्धमा तातो गोली खाने मान्छे हु म
आज एउटा चिया पिउँदा छाती चिरियो

दीपक संगम विश्वकर्मा
टीकापुर ,कैलाली नेपाल


२ चैत २०७८, बुधवार १७:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु