punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बन्द हुने

Chaupati
safha napa

धनगढी। अत्यधिक गर्मी बढ्दै गएपछि धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ।
उपमहानगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार केही दिनयता बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो।
सूचनामा जनाइएअनुसार धनगढी उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा असार ९ गतेदेखि असार १२ गतेसम्म (बीचमा पर्ने सार्वजनिक बिदासहित) चार दिन पठनपाठन बन्द रहनेछ।
बिदाको अवधिमा विद्यार्थीहरूलाई घरमै सुरक्षित रहन तथा अत्यधिक गर्मीबाट जोगिन आवश्यक सतर्कता अपनाउन अभिभावकहरूलाई समेत आग्रह गरिएको छ।
धनगढी क्षेत्रमा पछिल्ला दिनहरूमा तापक्रम निरन्तर बढ्दै गएको छ। गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ।
उपमहानगरपालिकाले मौसमको अवस्थालाई निरन्तर निगरानी गर्दै आवश्यकतानुसार थप निर्णय गरिने पनि जनाएको छ।


८ असार २०८३, सोमवार १३:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु