मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने

धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले आज (बुधबार) विश्वासको मत लिनुहुने भएका छन् । नेकपा संसदीय दलका नेता रहेका भट्ट २९ साउनमा एमालको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।

भट्टले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर बुधबार विश्वासको मत लिने निर्णय गर्नुभएको छ। उहाले मंगलबार नै सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्रयोजनका लागि बैठक बोलाइदिन भन्नुभएको छ।

उहाँको पत्रअनुसार आज दिउँसो १ बजे बस्नेगरी प्रदेश सभाको बैठक बैठक बोलाइएको सचिवालयका सचिव देवबहादुर बोगटीले बताउनुभयो ।

उहाँका अनुसार कार्य व्यवस्था परामर्श समिति बैठकले समेत बैठक बोलाउने निर्णय गरिसकेको छ ।


३ भदौ २०८३, बुधवार ११:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु