यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मुद्धाहरु माथि धनगढीमा छलफल
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मुद्धाहरु माथि धनगढीमा बुधबार छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । सरोकारवाला निकायसंग उक्त बिषयमा छलफल भएको हो । सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकास मन्त्री लाल बहादुर खडकाको प्रमुख आतिथ्यमा सरोकारवाला निकायहरूसंग यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मुद्धाहरु विषयक प्रदेशस्तरको अन्तरक्रिया तथा छलफल भएको हो ।कार्यक्रममा मन्त्री खड्काले क्षमता अनुसारको शिप र रोजगारीको ब्यवस्था गर्ने बताएका छन् ।
उनले राम्रो शिक्षा र रोजगारी नपाएका कारण पनि बिभीन्न अवसरबाट उनीहरु पछि पर्दै गएको हुँदा त्यसका लागि प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । बिगत भन्दा अहिले यौनीक तथा लैंगिक अल्पसंख्यक समुदायका समस्याहरु केही कमी भएपनि तर धेरै समस्या समाधान हुन बाँकी रहेको उनले बताए ।
सचेतीकरणसंगै आत्मनिर्भर बनाउन प्रदेश सरकार लागि रहेको मन्त्री खड्काले बताए । यो बर्ष करिव २ हजार जनालाई स्वरोजगार बनाउने कार्यक्रम रहेको उनले बताए । यस्तै आउँदो बर्षदेखि प्रत्येक बर्ष १५ देखि २० हजार मानीसहरुलाई स्वरोजगार बनाउने उदेश्य रहेको मन्त्री खड्काले बताए ।

समाजका हरेक मानिस सरह यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका व्यक्तिलाई पनि समान आधारमा हेर्न सक्ने गरि कार्य योजना बनाउनु पर्ने देखिन्छ । तथ्यांक एकिन नहुदा जनगणनाको आधारमा एकिन तथ्यांक आउँदा कार्ययोजना निर्धारण गर्न सहज हुने र यो संगै यो समुदायका व्यक्तिलाई रोजगार उन्मुख बनाउनको उत्पादन शिल कार्यमा लगाउनको लागि रोजगार कार्यक्रम गर्ने छौँ’ मन्त्री खडकाले बताए ।
यो समुदायको जनगणनाको तथ्यांकको आईसकेपछी कार्य निर्देशिका बनाउनमा सहज हुने हुँदा यो आवश्यक रहेको छ । यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका मुद्दाहरुको बारेमा सरोकारवाला निकाय संग समान प्रतिनिधित्व, मतदाता अधिकार संग सम्बन्धि , वैवाहिक समानता, समान रोजगारी र सामाजिक सुरक्षा योजना, लाल्छेना र भेदभाव सम्बन्धि मुद्दाहरु बिषयमा निल हिरा समाजका कार्यकारी निर्देशक मनिषा ढकालले प्रस्तुतीकरण दिएकी थिइन् ।

आगामी दिनमा प्रदेश सरकार नीति बनाउदा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका बारेमा विशेष मध्यनजर गर्दै नीति तथा कार्ययोजना तयार गर्ने समेत सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय सचीव रीता भण्डारी जोशिले प्रतिबद्धता गरेकी छन् ।
समानता र समताको कुरामा आधारित रहेर यो समुदायका मुद्दा लाई पनि उठान गर्न सधै अग्रसर रहने राष्ट्रिय मानवअधिकार आयोगका सुदूरपश्चिम प्रदेश प्रमुख महोनराज जोशीले बताए ।
प्रादेशिक स्तरको अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतका विभिन्न मन्त्रालयका प्रतिनिधिहरु लगायत यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको उपस्थिति रहेको थियो ।

बुधबार ‘युएसआडी एफ एच आई थ्री सिष्टिको (सिएसम्याप) प्रयोजनाको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा निल हिरा समाज काठमाडौ र सुदूर पश्चिम समाज धनगढीको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रम सुदूर पश्चिम समाजका अध्यक्ष करुणा नेपालको अध्यक्षतामा भएको हो । कार्यक्रमको संचालन सुदूर पश्चिम समाजका कार्यक्रम संयोजक राजु लामाले गरेका थिए ।

२ चैत २०७८, बुधवार १८:२५ बजे प्रकाशित













