punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मध्य रातमा धनगढीमा अलपत्र परेका भारतीय नागरिकलाई व्यवसायी कुँवरको सहयोग

Chaupati
safha napa

जेठ ३,धनगढी । मध्य रातमा भारतीय सिमामा अलपत्र परेका भारतीय नागरिकलाई कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष एवम् समाजसेवी पुष्पराज कुँवरले खाने बस्ने व्यवस्था उपलब्ध गराएका छन् । नाका खुलेको र घर जान पाउने खबर पाएपछि कैलालीका विभिन्न ठाउँबाट बालबच्चासहित धनगढी पुगेका ५१ जनालाई कुँवरले चटकपुरस्थित आफ्नै होटल फ्लोरामा राखेका थिए ।
कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा मजदुरी गर्दै आएका भारतीय नागरिक घर जान नपाएर मध्य राति धनगढीमा अलपत्र परेको खबर पाएपछि उनीहरूलाई उद्दार गरि आफ्नै होटलमा खाने बस्ने व्यवस्था उपलब्ध गराएको अध्यक्ष कुँवरले बताए ।
‘बन्दाबन्दीको बेला ससाना छोराछोरी बोकेका महिलासहित विपन्न आर्थिक अवस्थाका भारतीय नागरिक रातीको समयमा पराई मुलुकमा अलपत्र परेको थाहा पाउनेवित्तिकै उद्दार गरेको हुँ’ अध्यक्ष कुँवरले भने, ‘सिमानामा करिब डेढ सय भारतीय नागरिक अलपत्र थिए । कसैले आउने मानेनन्, कोही कता गए । जो जो आए, उनीहरूलाई निशुल्क खाने र बस्ने व्यवस्था गरेको छु ।’
कुँवरका अनुसार उनको होटल फ्लोरामा भारतको बिहार, उत्तरप्रदेश, मतिहारी लगायत विभिन्न स्थानबाट मजदुरीका लागि नेपाल आएका ५१ जनाले आश्रय लिइरहेका छन् ।

उनीहरू भारत जान नाका खुला गरेको जानकारी पाएपछि कैलालीको गेटा मेडिकल कलेज, फुलवारी, कञ्चनपुरको गुलरिया लगायतका ठाउँबाट धनगढी आएका थिए ।
बन्दाबन्दी (लकडाउन) शुरु भएदेखि नै समस्यामा परेकाहरूको सहयोगका लागि व्यक्तिगत र कैलाली उद्योग वाणिज्य संघ मार्फत राहत प्रदान गर्दै आएका कुँवर सुदूरपश्चिम प्रदेशमा अग्रणी समाजसेवीको रुपमा परिचित छन् ।


३ जेठ २०७७, शनिवार १२:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु