संखुवासभामा बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो
संखुवासभामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान साढे सात बजे संखुवासभाको मादी नगरपालिका- ६ सातघुम्तीमा दुर्घटनामा परेको हो ।
प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले दुर्घटनामा १४ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार ५ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनास्थल सदरमुकामबाट झन्डै ६० किलोमिटर टाढा रहेको र आफू त्यहाँ जान लागेको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए ।
अहिले उद्धारको काम भइरहेको छ । बस सडकबाट ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
२६ फागुन २०७८, बिहीवार ११:४९ बजे प्रकाशित































