लगातार उकालो लागेको सुनको मूल्य ३५ सयले घट्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन हजार ५ सय ले घटेर एक लाख दुई हजारमा आएको छ । बुधबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हुँदै प्रतितोला एक लाख पाँच हजार ५ सयमा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५ सय तोकिएको छ । यसको मूल्य बुधबार प्रतितोला एक लाख पाँच हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ले घटेर एक हजार ४०५ पुगेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
२६ फागुन २०७८, बिहीवार ११:४३ बजे प्रकाशित






























