punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘बि’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्दै कञ्चनपुरका धिरेन्द्र

Chaupati
safha napa

कञ्चनपुरको दक्षिणी क्षेत्रमा फुटबल खेल्न सुरुवात गरेका धिरेन्द्र शाहले सहिद स्मारक ‘बि’ डिभिजन लिग-२०७८ मा डेब्यु गर्दै पहिलो खेलमै उत्कृष्ट लयमा देखिएका छन्। मंगलबार टुसाल युवा क्लब बौद्ध र सरस्वती युवा क्लबबीच भएको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका धिरेन्द्रले टुसाल युवा क्लबलाई हारबाट जोगाएका छन्।

आफ्नो लिगको तेस्रो खेलमा टुसाल सरस्वती क्लबसँग २-० गोलले पछाडी परेको त्यो समयमा दुई खेलमा मौका नपाएका शाहले तेस्रो खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका उनले दुई गोल गर्दै टिमलाई २/२ को बराबरीका साथ हारबाट जोगाए। उनी उक्त खेलको म्यान अफ दि म्याच समेत घोषित भए। उनले गोल्डेन बुट र ७ हजार ५ सय हात पारेका छन्।

कञ्चनपुरको ग्रामीण क्षेत्र बेलडाँडी गाउँपालिका-५ झिलमिला घर भएका १९ वर्षीय शाहले ग्रामीण क्षेत्रका स्थानीय क्लब, जिल्ला, प्रदेश हुँदै निरन्तर फुटबल प्रतिको लगावले काठमाडौँको टुसाल युवा क्लबबाट सहिद स्मारक ‘बि’ डिभिजन लिग-२०७८ का लागि छनोट भएका थिए। उनी टुसाल युवा क्लबबाट अग्रपङ्क्ति (स्टाइगर) को भूमिकामा रहेका छन्। टुसाल युवा क्लबले लिगमा अहिलेसम्म एक हार र दुई बराबरी खेलेको छ।

बेलडाँडी गाउँपालिका क्षेत्रमै राष्ट्रिय स्तरको ुबिु डिभिजन लिग फुटबल प्रतियोगिता खेल्ने शाह पहिले नम्बरमा परेका छन्। अखिल नेपाल फुटबल सङ्घको आयोजनामा फागुन १८ गतेदेखि सञ्चालन भएको लिग चैत्र महिनाको २७ गतेसम्म चल्नेछ।


२५ फागुन २०७८, बुधवार १३:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु