punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जागिर लगाइदिने बहानामा ठगी गर्ने ९ जना पक्राउ

Chaupati
safha napa

जब सेन्टरको नाममा ठगी गर्ने गिरोहका ९ जनालई महानगरीय प्रहरी अपराध महाशशाखाको टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।जागिर लगाइदिने बहानामा प्रतिव्यक्ति ६ हजार रुपैयाँसम्म ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा छत्रदेव-६ अर्घाखाँचीका २६ वर्षीय अमर पाण्डे, ३२ वर्षीय तिलकराम पाण्डे र दूधपोखरी-२ लमजुङका २२ वर्षीय आनन्द मरहठ्ठा छन् । त्यस्तै, सिरहा-१९ का २३ वर्षीय विवेक यादव, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-३ का २८ वर्षीय अश्विन राई, सिन्धुलीको फिक्कल-२ का २२ वर्षीय घनश्याम पहाडी छन् ।

साथै चन्द्रपुर नगरपालिका-४ रौतहटका २५ वर्षीया सृजना लामिछाने, विराटनगर-४ की ४० वर्षीया ज्ञानु न्यौपाने र रौतहट जिल्ला मौलापुर-५ का २२ वर्षीय रामबचनकुमार यादव छन् ।यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।


२३ फागुन २०७८, सोमवार १७:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु