punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

किशोर-किशोरीको ‘नाबालिग सम्बन्ध’बाट छोरी जन्मिएपछि…

Chaupati
safha napa

कञ्चनपुरमा ‘नाबालिग सम्बन्ध’बाट छोरी जन्मिएको घटना सार्वजनिक भएको छ। कञ्चनपुरकै दक्षिणी क्षेत्रको चौधरी समुदायकी १४ वर्षीया किशोरी र भीमदत्त नगरपालिकाका १६ वर्षीय किशोरको सम्बन्धबाट छोरी (शिशु) को जन्म भएको हो।

केही दिनअघि किशोरी बिरामी भएर महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुगेकी थिइन्। अस्पतालमा उनले छोरी जन्माइन्। उनले छोरी जन्माएपछि यो घटना सार्वजनिक भएको हो। बालिका भीमदत्तमा अर्काको घरमा काम गरेर बस्थिन्।

उनले आफू काम गर्ने घर मालिककै भतिजासँगको सम्बन्धबाट यस्तो भएको भनेर बताएकी छन्। बालिकाकी आमा सानै उमेरको हुँदा बितेकी थिइन्। त्यसपछि उनका बुवाले दोस्रो विवाह गरेका थिए।

सौतेनी आमा ल्याएपछि बालिकामाथि अभद्र व्यवहार हुन थालेको थियो। त्यसपछि उनका बुवाले छोरीलाई महेन्द्रनगरको एकजना कुखुरा फार्मका मालिककहाँ घरेलु कामदारको रुपमा पठाएका थिए। उनी त्यहाँ घरायसी काम गर्थिन्।

प्रहरीका अनुसार कुखुरा फार्म मालिकका ती भतिजा पनि नाबालिग हुन्। उनीहरूका बीचमा एक वर्षदेखि शारीरिक सम्बन्ध रहँदै आएको बताइएको छ। यस्तै कञ्चनपुर प्रहरीले घटनाको विषयवस्तु जानकारीमा आएकाले अनुसन्धानको पाटोमा गएको बताएको छ।

बालिका भने उपचारका क्रममा अस्पतालमा रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले किशोरलाई प्रहरी कार्यालयमै राखेर अनुसन्धान जारी राखेको छ।

यस्तो छ कानूनी व्यवस्था

नेपालको कानूनले १८ वर्षभन्दा मुनिकालाई नाबालिग मान्दै आएको छ। यस्तो घटनामा प्रहरीले उजुरी लिएर अनुसन्धान गर्न सक्ने अधिवक्ता सीमा धामी बताउँछिन्। यस्ता प्रकृतिका घटनालाई पनि कानूनले अपराध नै मान्ने उनले बताइन्।

धामीले भनिन्, ‘यसलाई पनि बलात्कार नै मानिन्छ। यस्तो अवस्थामा उमेर नपुग्दासम्म बालकलाई सुधारगृहमा राख्न मिल्छ। त्यसपछि कानूनले व्यवस्था गरेबमोजिम कारवाहीको प्रक्रिया अघि बढाउन सकिन्छ।’ पीडितले उजुरी दिए पीडकमाथि कारबाही हुनसक्ने उनको भनाइ छ।

 


२३ फागुन २०७८, सोमवार १७:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु