रुसमा १३ हजार भन्दा धेरै युद्धविरोधी प्रदर्शनकारी पक्राउ
रुसमा युद्धविरोधी प्रदर्शन गर्ने १३ हजार भन्दा धेरै मानिसहरू पक्राउ परेका छन् ।
रुसी गैरसरकारी संस्था ओभीडी इन्फोका अनुसार आइतबार मात्रै ४ हजार ६ सय ३१ जना युद्धविरोधी प्रदर्शनकारीहरू पक्राउ परेका छन् ।
रुसले युक्रेनमाथि अतिक्रमण गरेयता युद्धविरोधी प्रदर्शनमा सहभागी भएर पक्राउ पर्ने मानिसको संख्या १३ हजार २८ पुगेको ओभीडीले जनाएको छ ।
रुसले युक्रेनमा आक्रमण गरेपछि त्यसको निन्दा गर्दै शान्ति कायम गर्न माग राखेर विश्वभर प्रदर्शनहरू भइरहेका छन् । रुसभित्रै पनि सरकारी कदमलाई लिएर विशाल प्रदर्शनहरू भइरहेका छन् ।
रुसले भने युक्रेनमा आक्रमण जारी राखेको छ । अस्थायी युद्धविराम घोषणा गरे पनि दुई देशका सेनाबीच भीषण संघर्ष चलिरहेको छ ।
२३ फागुन २०७८, सोमवार १०:५१ बजे प्रकाशित






























