punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जैविक मल र विषादीको प्रयोगलाई बढावा दिऔँ : मन्त्री चौधरी

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जैविक मलको प्रयोगलाई बढावा दिनुपर्ने बताएकी छिन्। आइतबार कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुर कञ्चनपुरले तरकारी बालीमा बाली अवधिभर आइपिएम सहजकर्ता (अधिकृतस्तर) तालिम, कृषक दिवस तथा दीक्षान्त समारोहमा उनले मानव स्वास्थ्यमा रासायनिक मलका कारण विभिन्न सङ्क्रामक रोगहरु देखिन थालेकाले जैविक मलको प्रयोगलाई किसानले बढाउनुपर्ने बताइन्।

कृषिमा बढी उत्पादन लिने होडबाजीमा विषादीको प्रयोगलाई व्यापाक बनाइएको चर्चा गर्दै उनले यसले मानव शरीरमा गम्भीर प्रकृतिका रोगहरुलाई निम्ता दिइरहेकाले जैविक विषादीको प्रयोगलाई व्यापक बनाइनुपर्ने बताइन्।

तालिमका सहभागीहरुलाई मन्त्री चौधरीले सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता भएको धारणा अघि सार्दै किसानलाई आधुनिक तरिकाले खेती गर्ने तौरतरिका सिकाइ उत्पादनमा बढोत्तरी गर्न सघाउनुपर्ने बताइन्। तालिममा प्रदेशका नौवटै जिल्लाका ७५ जनाको सहभागिता रहेको थियो।

 


२३ फागुन २०७८, सोमवार ०७:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु