चरेससहित कवाड सञ्चालक पक्राउ
कञ्चनपुरको भीमदत्त नगरपालिका ६ स्थित एक कवाड संकलन केन्द्रबाट करिब ३ किलोग्राम चरेस बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार दिउँसो चरेससँगै एक जनालाई पनि पक्राउ गरेको हो ।
भारतको विहार राज्यअन्तर्गत मोतिहारी जिल्लाको खैरी घर भएका ४२ वर्षीय राधेश्याम जैसवालले सञ्चालन गरेको अभिषेक ट्रेडर्स कवाड संकलन केन्द्रमा कापी किताबको बोराभित्र लुकाइराखेको अवस्थामा २ किलो ८९० ग्राम चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए । उनका अनुसार सञ्चालक जैसवाललाई पनि नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको छ ।
२० फागुन २०७८, शुक्रवार १८:३५ बजे प्रकाशित































