पाकिस्तानमा मस्जिदनजिकै विस्फोट ३० जनाको मृत्यु, ५६ घाइते
पाकिस्तानको एउटा मस्जिदनजिकै भएको बम विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । बम विस्फोटमा परी क अन्य ५६ जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् । ती मध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । मृतकको सङ्ख्या बढ्न सक्ने चिकित्सकहरूले अनुमान गरेका छन् ।
पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा पर्ने खैबर पख्तुन्ख प्रान्तको पेशावर सहरमा शुक्रबार घटना भएको प्रहरीले जनाएको छ । विस्फोटनको सूचना पाउने वित्तिकै सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेका थिए । प्रहरीले तत्कालै घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएको थियो ।
सुरक्षाकर्मी तथा उद्धारकर्ताहरुले घटनामा पिडित भएकाहरूलाई तत्कालै उद्धार गरेर स्थानीय विभिन्न अस्पताल लगेका थिए ।
२० फागुन २०७८, शुक्रवार १७:३१ बजे प्रकाशित































