punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज बिदा हुँदै राष्ट्रिय सभाका २० सांसद, एमालेका मात्रै ८ जना

Chaupati
safha napa

आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० जना सांसद आज ९शुक्रबार० बिदा हुँदैछन्। यसरी बिदा हुनेमा सबैभन्दा धेरै एमालेका ८ सांसद छन्। २०७४ सालमा निर्वाचित भएर गोलाप्रथाबाट चार वर्षे कार्यकालमा परेका २० सांसदको पदावधि आजदेखि सकिन लागेको हो ।

आजदेखि बिदा हुने सांसदमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन्।

कांग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी पनि आजदेखि राष्ट्रियसभाबाट बाहिरिँदैछन् । नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशीकला दाहालको पदावधि पनि आजबाट सकिँदैछ।

नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको पद पनि आजबाट समाप्त हुँदैछ । मनोनित सांसद रामनारायण बिडारी पनि राष्ट्रियसभाबाट आजै बिदा हुनेछन् ।

२०७५ असार ४ मा भएको गोलाप्रथा अनुसार आजबाट रिक्त हुने सांसदले चार वर्षे कार्यकालका चिठ्ठा समाएका थिए । जसअनुसार उनीहरूको कार्यकाल ४ वर्ष मात्रै हुन पुगेको हो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उनीहरूलाई बिदाई गर्ने कार्यक्रम तय भएको छ।


२० फागुन २०७८, शुक्रवार १३:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु