बढ्यो सुनको भाउ,चाँदीको स्थिर
नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ९ सय रुपैयाँ पुगेको छ।तेजावी सुनको भाउ पनि प्रतितोला ९९ हजार ४ सय रुपैयाँमा पुगेको छ।
बिहीबारको तुलनामा चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १३८० रुपैयाँमा कारोबार भइरहेको छ।
२० फागुन २०७८, शुक्रवार १३:३५ बजे प्रकाशित































