सुनको मुल्य करिब १ लाख
शुक्रवार सुनको मुल्य तोलामा नौ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तोलाको ९९ हजार नौ सय रुपैयाँ पुगेको छ ।
सुन बिहीवार तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधवार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँमा पुगेको थियो । तर हिजो तोलामा पाँच सय रुपैयाँले घटेको थियो ।
आज चाँदीको भाउ घटबढ भएको छैन । चाँदी तोलाको १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
२० फागुन २०७८, शुक्रवार १२:१६ बजे प्रकाशित































