रमिता धेरै देखाएर नेपाल र प्रचण्डले एमसीसी पास गरे : शंकर पोखरेल
नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले रमिता धेरै देखाएपनि तर एमसीसी पास गर्न नेपाल र प्रचन्ड नै अगाडी बढेको बताएका छन् । प्रेस चौतारी नेपाल, कैलालीले आयोजना गरेको पत्रकार सम्मेलन उनले यस्तो बताएका हुन् ।
केपी ओली एमसीसी पारित गर्न लागेको भन्ने हरु नै सत्तामा रहनका लागि आफैँ एमसीसी पास गर्नका लागेको बताएका छन् । उनले माधव नेपाल र पुष्प कमल दाहाल प्रचण्डले नेकपा एमाले माथी प्रहार गरेको समेत बताएका छन् । नेकपा एमाललेलाई धेरै आरोपहरु लगाइए पनि आफ्नो अडान नतोडेको समेत महासचिव पोखरेलले बताएका छन् ।
यस्तै उनले जुन सभामुखले एमसीसी टेबल गर्नु परे आत्म हत्या गर्छु, भनेका थिए तिनले नै अहिले एमसीसी टेबल गरेका बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले राजनीति पूर्वाग्रही भएर यस्तो गरेको उनको आरोप छ ।
१९ फागुन २०७८, बिहीवार १२:०८ बजे प्रकाशित













