बाँकेमा बाघलाई नियन्त्रणमा लिइयो

बाँकेमा आतङ्क मच्चाउँदै आएको पाटे नरभक्षी बाघलाई बुधबार बिहान नियन्त्रणमा लिएको छ । गत तीन महिनादेखि राप्तीसोनारी गाउँपालिकालगायतको क्षेत्रमा विभिन्न क्षेत्रमा आतङ्क मच्चाउँदै आएको बाघलाई बेहोस बनाएर राप्तीसोनारी–६ बाट नियन्त्रणमा लिएको वन डिभिजन कार्यालय बाँकेले जानकारी दिएको हो ।

वन डिभिजन प्रमुख दधिराम कँडेलले राष्ट्रिय प्रकृति कोष बर्दियाबाट आएको २ जनाको प्राविधिक टोलीले डार्ट गनको माध्यमबाट पाटे बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको बताए ।

नियन्त्रणमा लिइएको बाघ भाले बाघ भएको र निकै ठूलो रहेको तथा करिब ८ वर्ष उमेरको हुनसक्ने प्रमुख कँडेलले बताए ।बेहोस रहेको बाघलाई नेपालगञ्ज ल्याएर खोरमा राख्न आफूलगायतको टोली गाउँबाट हिडिँसकेको पनि उनले बताए ।

नियन्त्रणमा लिइएको बाघले तीन महिनाको समयमा पाँच जनालाई ज्यान लिएको छ भने केहीलाई घाइते बनाएको थियो ।


१८ फागुन २०७८, बुधवार १५:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु