चुनावसम्म सबैलाई खोप दिनुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी चुनावसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा दिलाउनुपर्ने बताएका छन् । उनले राजनीतिक दलहरूले पनि कोरोना भाइरसविरुद्धको खोपको विषयलाई प्राथमिकताका साथ अघि सार्नुपर्नेमा जोड दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनले संयुक्त रूपमा आयोजना गरेको कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता विषयक अन्तरक्रियामा उनले चुनावसम्म नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
खोप नलगाउने जनतालाई खोप लगाउन आग्रह गर्नुपर्ने उनको भनाइ थियो ।
१८ फागुन २०७८, बुधवार १६:०९ बजे प्रकाशित













