punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा पनि बन्दको आंशिक प्रभाव

Chaupati
safha napa

सुदूरपश्चिममा पनि बन्दको आंशिक प्रभाव परेको छ । एमसीसी पास गरेको विरोधमा ६ कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले नेपाल बन्दको घोषणा गरेसँगै सुदूरपश्चिममा पनि यातायात लगायतका सेवा प्रभावित भएका छन्। आज (सोमबार) बिहानैबाट अटो, मोटसाइकलबाहेक लामो दुरीका सवारी साधन नचलिरहेका हुन्।

बन्दकर्ताले आज लामो दुरीका सवारी साधन, विद्यालय,कलेज, बजार-व्यवसाय बन्द गर्न आह्वान गरेका छन् । यस्तै परीक्षा तथा अत्यावश्यक सेवाका गाडीहरु भने चल्न दिने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीको केन्दीय कार्यालय काठमाण्डौंमा बसेको बैठकले एमसीसीको विरोधस्वरुप आज एक दिनका लागि नेपाल बन्द गर्ने निर्णय गरेको थियो।


१६ फागुन २०७८, सोमवार ०९:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु