punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशमा आजदेखि ओपिडीसहित नियमित स्वास्थ्य सेवा सुचारु

Chaupati
safha napa

धनगढी,,बैशाख ३०  । सुदूरपश्चिम प्रदेशका सम्पूर्ण अस्पतालहरुमा ओपिडीसहित अन्य केही नियमित स्वास्थ्य सेवा सुचारु भएका छन् ।

लकडाउनसँगै आकस्मिक सेवा मात्रै प्रदान गर्दै आएका सुदूरपश्चिमका सरकारी अस्पतालहरुले आजबाट ओपीडीसहित नियमित स्वास्थ्य सेवा सुचारु गरेका हुन्।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले यस प्रदेशमा सञ्चालनमा रहेका सबै सरकारी अस्पतालहरुलाई ओपीडी सेवा सुचारु गर्न निर्देशन गरेपछि अस्पतालमा बन्द रहेका सेवाहरु सुचारु भएका हुन् ।

सुदूरपश्चिम प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालले पनि कोरोना भाइरसको संक्रमणपछि बन्द रहेका बहिरंग (ओपिडी) सेवा सञ्चालन गर्ने जानकारी दिएको छ ।

कोरोना संक्रमणपछि बन्द रहेका सम्पूर्ण सेवाहरु आजदेखि सुचारु हुने प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । यसअघि सेती अस्पतालमा कोरोना भाइरसको महामारीलाई लिएर चैत ११ गतेदेखि ज्वरो र आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो ।

सुदूरपश्चिमका सबै संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएका र नयाँ संक्रमितसमेत नदेखिएपछि सेवा सुचारु गरेको जिल्ला अस्पतालहरुले जानकारी दिएका छन् ।


३० वैशाख २०७७, मंगलवार ०६:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु