punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अनुदानको नाममा नेपाल अरु देशको बन्धकी हुन सक्दैन : माधव नेपाल

Chaupati
safha napa

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अनुदानको नाममा नेपाल अरु देशको बन्धकी हुन कदापी नसक्ने बताएका छन् ।
धनगढीमा शुक्रबार बिहान आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतालाई बन्धकी राखेर कुनै पनि अनुदान स्वीकार गर्न नसकिने बताएका हुन् । एमसीसीका विषयमा अझै पनि कतिपय कुरा प्रष्ट नभएको हुँदा यसलाई यथास्थितिमै पारित गर्न नहुने नेता नेपालले बताए ।

अनुदान नलिने कुरामा अमेरिकाबाट दवाव र धम्की आउनुले पनि एमसीसीमाथि थप शंका उपशंका बढाएको उनको भनाइ छ । अनुदान दिनेले धम्कीको भाषामा स्वीकार्न ताकेता गरेका कारण पनि यथास्थितिमै एमसीसी पारित हुनु हुदैन भन्ने धारणा बलियो बनेको उनले बताए ।
एमसीसी नेपालको हित विपरीत मात्रै नभई राजनीतिक संकट नै निम्त्याउने तहसम्मको जोखिम देखिएको उनले बताएका छन् । एमसीसीका बिषयमा उत्पन्न भएका समस्याहरु वार्ताबाट नै समाधान हुनुपर्नेमा उनको जोड छ । समाजबादीे पार्टी एमसीसीका विरुद्ध रहेको उनले स्पष्ट पारे । यथास्थितिमै सरकारले एमसीसी पारित गरे आप्mनो पार्टी सरकारबाट बाहिरिने नेपालले घोषणा गरे ।

अध्यक्ष नेपालले एमसीसीका कारण नेपालको राजनीति र सत्ता गठबन्धन जटिल मोडमा पुगेको बताउँदै गठबन्धन कायम राख्ने नराख्ने कांग्रेसले सोच्ने कुरा भएको बताए । एमसिसिमा रहेका आपत्तिजनक प्रावधानहरु सच्याउनुपर्नेमा आफूहरुको अडान रहेकोले यथास्थितिमा अनुमोदन गर्न नसकिने पनि उनले बताए ।


१३ फागुन २०७८, शुक्रवार १३:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु