punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउँछ : मन्त्री प्रेम आले

Chaupati
safha napa

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउने बताएका छन्।

कैलालीको टीकापुरस्थित विमानस्थलको स्थलगत अनुगमन गर्दै मन्त्री आलेले चालु आर्थिक वर्षमा विमानस्थलका लागि रु दुई करोड बजेट विनियोजन गरिएको जानकारी दिए।

मन्त्री आलेले टीकापुर विमानस्थल सञ्चालनमा ल्याएरै छाड्ने बताए। ‘विमानस्थलको अध्ययन समितिले सर्वे गरेको छ। अध्ययन समितिको प्रतिवेदनका आधारमा पुरानै विमानस्थल सञ्चालनमा ल्याउने वा अन्य क्षेत्रमा नयाँ विमानस्थलका लागि संरचना तयार गर्ने भन्ने कुरा प्रतिवेदन आइसकेपछि थाहा हुन्छ,’ उनले भने, ‘चालु आर्थिक वर्षमै विमानस्थल निर्माणको काम सुरु हुन्छ। त्यसलाई बहुवर्षीय आयोजनाका रुपमा राखेर काम गर्न सकिन्छ।’

पर्यटन क्षेत्रसँग जोडिएकाले पनि टीकापुरमा विमानस्थल अपरिहार्य रहेको उनले बताए। ‘पर्यटकीय दृष्टिकोणले पनि टीकापुर लोकप्रिय छ। यहाँ धेरै सम्भावना छन्। ती सम्भावनासँग हवाई माध्यमको पहुँचका लागि हामी प्रतिबद्ध छौं,’ मन्त्री आलेले भने, ‘विमानस्थल सञ्चालनमा आउनसके पर्यटन क्षेत्र आफैं चलायमान हुन्छ।’

मन्त्री आलेले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नतिका लागि १ अर्ब बजेट विनियोजन गरिएको उल्लेख गर्दै प्रत्येक जिल्लामा कम्तीमा एउटा हवाई मैदानको निर्माणका लागि आफूले पहल गरेको बताए।

 


१३ फागुन २०७८, शुक्रवार १३:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु