संसद बैठक १५ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा (संसद) बैठक फेरि सूचना टाँसेर स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।
तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
१३ फागुन २०७८, शुक्रवार १३:१८ बजे प्रकाशित































