नेपालमा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु
नेपालमा थप ३१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ६९३ जनाको नमूना परीक्षण गर्दा थप ३१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले जानकारी दिइन् ।
उनका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।
११ फागुन २०७८, बुधवार १८:१० बजे प्रकाशित































