punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रानी जमरा कुलरिया सिँचाइ आयोजना : हाइड्रोपावरको काम अन्तिम चरणमा

Chaupati
safha napa

रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत निर्माणाधीन हाइड्रोपावरको काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा सो सिँचाइ आयोजना रहेको छ ।

चार मेगावाट क्षमताको सो हाइड्रोपावर योजना जानकी गाउँपालिका–९ कटाक्षे क्षेत्रमा रहेको छ । आयोजनाले भवन निर्माण र नहरको सबै काम सम्पन्न गरिसकेको छ भने अहिले उपकरण सामानको जडानको काम हुँदै आएको छ ।

गत वर्ष असार मसान्तसम्म मुख्य नहरमा पानी छाड्ने लक्ष्य भए पनि कोरोना सङ्क्रमणका कारण समयमै काम सम्पन्न हुन नसक्दा आयोजनाको काम लम्बिएको हो । आयोजनाले असार मसान्तसम्म सबै काम सम्पन्न गरेर मङ्सिर महिनाभित्र विद्युत् जलाउने लक्ष्य राखेको भए पनि अझै आयोजनाको काम सम्पन्न हुन समय लाग्ने भएको छ ।

सो आयोजना प्रमुख केदार श्रेष्ठले चालु आर्थिक वर्षको अन्तिमसम्म काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम गर्दै आएको जानकारी दिए ।उनले कोरोनाका कारण समयमै आयोजनाको काम सम्पन्न गर्न नसकिएको जनाउँदै बाहिरी काम सम्पन्न भए पनि उपकरण जडानको काम सुरु भएको बताए ।

“काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जानकारी दिएको छ । सम्भवतः असार मसान्तभित्र काम सम्पन्न हुन्छ होला रु”, उनले भने, “गत कात्तिकमा आएको बाढीका कारण पनि आयोजनाको काम लम्बिएको हो । बाढीले आयोजनामा क्षति पु¥याउँदा त्यसको मर्मतसम्भारमा पनि समय लागेकाले आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको हो ।”

तुदी कन्स्ट्रक्शनले हाइड्रोपावर निर्माणको जिम्मा पाएको छ । हाइड्रोपावरसँगै छ किलोमिटर नहर र पाँच किलोमिटर कर्णाली नदीमा तटबन्धको जिम्मा पाएको कन्स्ट्रक्शनले तटबन्ध र नहरको काम सम्पन्न गरिसकेको छ । करिब रु दुई अर्बको लागतमा निर्माण भएको आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले बताएको छ ।

हाइड्रोपावरबाट उत्पादन भएको विद्युत् लम्की स्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । चार दशमलव ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । राष्ट्रिय गौरवको आयोजनाले हाइड्रोपावरको आयोजनालाई विषेश महत्वका साथ लिएको छ ।

निर्माण कम्पनीका इञ्जीनियर उदय पोखरेलले असारसम्म विद्युत् उत्पादन गरेर हस्तान्तरण गर्ने गरी आयोजनाको काम भइरहेको बताए। उनले नहर र तटबन्धको ९९ प्रतिशत काम सम्पन्न भइसकेको र हाइड्रोपावरको ९० प्रतिशत काम सम्पन्न भएको जनाउँदै कोरोनाको सङ्क्रमणका कारण ढिलाइ भएको बताए ।

 


११ फागुन २०७८, बुधवार १५:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु