punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घोडाघोडी नगरपालिकाकी उप–प्रमुखलाई आसन ग्रहण नगराएपछि आक्रोशित

Chaupati
safha napa

कैलालीको घोडाघोडी नगरपालिकाकी उप–प्रमुख प्रेम कुमारी थापाले सार्वजनिक कार्यक्रममा बोलाएर आफ्नो अपमान गरेको भन्दै आक्रोश ब्यक्त गरेकी छिन् ।
आफुलाई कार्यक्रममा बोलाएर आसन ग्रहण नगराएको भन्दै उनले आयोजक संस्थाप्रति कार्यक्रममै आक्रोश व्यक्त गरेकी हुन् । राष्ट्रिय महिला आयोगले मंगलबार धनगढीमा आयोजना गरेको कार्यक्रममा सबै जनप्रतिनिधि र अतिथिहरुलाई आसन ग्रहण गराइरहेका बेला आफुलाई मात्रै नगराएको प्रती उनले आक्रोश व्यक्त गरेकी हुन् । ‘कार्यक्रममा बोलाएर मेरो अपमान गर्ने, उप प्रमुख थापाले भनिन् यो अपमान तपाइको पनि हो ।’ १३ वटै पालिकाका प्रमुख तथा उपप्रमुखलाई बोलाइरहदा मलाई मात्रै किन आसन ग्रहण गाराइएन ?’ थापाले प्रश्न गरिन् । उनले आफुलाई संसारभरी सबैले चिनी रहदा कार्यक्रममा बोलाएर पनि आसन ग्रहण नगराएकोमा अपमानित महसुस भएको बताइन् ।

No description available.

केही समयअघि एउटा शिलालेखमा मेयरको मात्र नाम उल्लेख गरेर आफ्नो नाम उल्लेख नगरेको भन्दै प्रतिकारस्वरुप ढुंगा प्रहार गर्ने उपप्रमुख पनि मै हुँ भन्दै उनले त्यतिबेलादेखि सबैले चिनेको दाबी गरिन् । घोडाघोडी नगरपालिकाको वडा नम्बर ७ को भवन उद्घाटन गर्ने क्रममा उपमेयर थापाले शिलालेखमा ढुंगा प्रहार गरिरहेको भिडियो भाइरल बनेको थियो । उनले उक्त शिलालेखमा मेयर ममता चौधरी र वडा पदाधिकारीको मात्र नाम लेखेर आफ्नो नाम छुटाएको भन्दै शिलालेखमा ढुंगा प्रहार गरेकी थिइन् । कार्यक्रममा विभिन्न संघसंस्थाका कर्मचारी, बुद्धिजिवी, तथा कैलालीका १३ वटै पालिकाका प्रमुख तथा उपप्रमुखलाई बोलाइएको थिायो ।

उद्धघोषिकाले सबैलाई सम्बोधन गर्दै गर्दा उपप्रमुख थापालाई सम्बोधन गर्न बिर्सिएकी थिइन् । राष्ट्रिय महिला आयोगले मंगलबार धनगढीमा समाजमा बिद्यमान हानिकारक अभ्यासहरु विरुद्धको सुदूरपश्चिम केन्द्रित कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा आयोजकले चिन्न नसकेर मात्रै आसन ग्रहण गराउन नसकेको भन्दै क्षमा मागेका थिए ।

 


१० फागुन २०७८, मंगलवार १९:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु