दाङमा ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु फेला
दाङको लमहीमा शंकास्पद वस्तु फेला परेको छ । लमही–कोहलपुर सडकखण्ड अन्तर्गत लमही नगरपालिका वडा नम्बर ७ को पद्मिनी खोला नजिक सडक छेउमा प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखिएको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
प्रेसर कुकरमा तार पनि बेरिएको छ । शनिबार राति सवारी चालकले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।
८ फागुन २०७८, आइतवार १०:४२ बजे प्रकाशित































