नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १२० पुग्यो

काठमाडौँ,बैशाख २९ । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरु १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु छन् । एक जना पुरुषको भने उमेर खुलेको छैन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् । यो सगै संक्रमितको संख्या एक सय २० पुगेको छ ।


२९ वैशाख २०७७, सोमवार ०३:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु