एमालेका अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई दिए गिद्धको संज्ञा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई गिद्धको संज्ञा दिएका छन् ।
भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता ओलीले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनलाई गिद्धको संज्ञा दिएका हुन् ।’धुरीमा एउटै गिद्ध बस्यो भने त अशुभ मानिन्छ । अहिले पाँच-पाँच वटा गिद्ध बसेका छन्,’ उनले भने ।
उनीहरुरले आफू नेतृत्वको पूर्ववर्ती सरकारलाई जालझेल गरेर बाहिर निकालेपनि फेरि एमाले सरकारमा पुग्ने ओलीले दाबी गरे ।
७ फागुन २०७८, शनिवार १६:२२ बजे प्रकाशित































