अदालतले फैसला गरेर फरार रहेका २६० जना पक्राउ
अदालतले फैसला गरेर फरार रहेका २ सय ६० जना पक्राउ परेका छन्। विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको हो। चालु आर्थिक वर्षको सात महिनामा जिल्ला अदालत चितवनबाट फैसला भएर फरार रहेका उनीहरुलाई पक्राउ गरी अदालतमा बुझाएको हो।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार पक्राउ पर्नेमा वनसम्बन्धी, लागुऔषध, सरकारी छाप, दस्तखत कीर्ते, सवारी ज्यान, नकवजनी, लुटपाट, जबर्जस्ती करणीका रहेका छन्। यस्तै कर्तव्य ज्यान, चोरी, ठगी, बैंकिङ कसुर र लागुऔषध मुद्दामा उनीहरुलाई पक्राउ गरिएको हो।
७ फागुन २०७८, शनिवार १०:५७ बजे प्रकाशित































