punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली र कञ्चनपुरका किसानलाई अनुदानमा धानको बीउ वितरण

Chaupati
safha napa

कञ्चनपुर ,बैशाख २७ । कैलाली र कञ्चनपुरका किसानलाई पचास प्रतिशत अनुदानमा धानको बीउ उपलब्ध गराउन सुरु गरिएको छ। धानको बीउ राख्ने समय नजिकिँदै गर्दा किसानको सहजताका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले ५०० मेट्रिक बीउ वितरणको व्यवस्था मिलाएको हो। दुवै जिल्लाका २० वटा स्थानीय तहका सहकारी र समूहलाई बीउ खरिद र वितरणका लागि कार्यादेश दिई वितरणको व्यवस्था मिलाइएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले बताए। सहकारी समूहलाई बिलका आधारमा बीउ खरिद र ढुवानी गरेबापतको रकम भुक्तानी गरिने घट्टले बताए।

उनले भने, ‘सहकारी समूहले धानको बीउ खरिद र वितरणको कार्य गरिरहेका छन्।’ लकडाउनको बेला किसानको घर दैलोमै सेवा पुर्याउनका लागि सहकारी र समूहमार्फत बीउ खरिददेखि वितरणको कार्य भैरहेको उनको भनाइ छ। किसानलाई सर्जु ५२, राधा ४, सावाँ मन्सुली, सावित्री, राधा १४, बहुगुणीलगायत जातका धानका बीउ छनौट गरी वितरणको कार्य गरिएको छ।

माटो सुहाउँदो र बढी फल्ने धानका जातको बीउ वितरणका लागि सिफारिस गरिएको प्रमुख चन्दले बताए। बीउ प्रत्येक स्थानीय तहलाई २५० क्विन्टलको दरले उपलब्ध गराउने बताइएको छ। सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयबाट मागमा आधारित कार्यक्रमअन्तर्गत बीउ खरिदका लागि एक करोड रुपैयाँ विनियोजन भएको छ। वितरण गरिएको बीउ बाट १० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने कार्यालय प्रमुख भट्टले बताए। जस बाट १० हजारभन्दा बढी किसान लाभान्वित हुनेछन्।


२७ वैशाख २०७७, शनिवार ०८:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु