punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यूएईमा एकै दिन २२ नेपाली महिलालाई कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

संयुक्त अरब इमिरेट्स (यूएई) मा एकै दिन २२ नेपाली महिला कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ।यूएईको सारहजास्थित एक सफाइ कम्पनीमा कार्यरत ६१ महिला कामदार एकैपटक संक्रमित देखिएका हुन्।

गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईका क्यूआरएफ टिम नेपालका संयोजक पासाङ शेर्पाका अनुसार तीमध्ये २२ जना नेपाली महिला छन्।

उक्त कम्पनीमा १०० हाराहारीमा नेपाली महिला कामदार कार्यरत छन्। जो त्यहाँ स्कुल, कलेज, बैंकलगायत विभिन्न कार्यालयमा हाउस किपिङको काम गर्छन्।

एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोईरालाका अनुसार अहिलेसम्म यूएईमा १ सय ४९ नेपाली कोरोना संक्रमित भएका छन्। तीमध्ये ६ जनाकाे मृत्यु भएकाे छ भने २७ जना निको भएका छन्।


२७ वैशाख २०७७, शनिवार ०८:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु